Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ०५, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ । नेविसंघ महामन्त्रीका दीपक भट्टराईका अनुसार आज विहान भएको झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् । साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । यता नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् । महामन्त्री भट्राइले भने, ‘सत्ताको आडमा अनेरास्ववियूसम्बद्ध विद्यार्थीहरुले नेविसंघका नेताहरुमाथि आक्रमण गरे । उनीहरुलाई सघाउँदै प्रहरी प्रशासनले पनि नेविसंघका साथीहरुलाई पक्राउ गरेको छ ।’ उनले यथाशिघ्र नेविसंघका नेताहरु रिहा नगरे देशभर नेविसंघ आन्दोलित हुने बताए । सत्ताको अडामा गरिने अनेरास्ववियूको गुण्डागर्दी विरुद्ध नेविसंघ प्रतिवादमा उत्रिने महामन्त्री भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed