Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन ०२, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले नेपाली काँग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले दिवङ्गत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । नेता उपाध्याय सरल एवं भद्र व्यक्तित्वको रूपमा परिचित, सामाजिककार्य एवं लोकतन्त्रका स्थापनाका आन्दोलनमा सदैव अग्रपंक्तिमा सक्रिय थिए।

क्यान्सर रोगका कारण नेता उपाध्यायको ५१ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीेले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३ गते ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed