Breaking News.... EverestOnlineKhabar
April 19, 2026

ए डिभिजन लिग ः थ्री स्टारले संकटालाई हरायो

Loading

२०७६ माघ २४, काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत शुक्रबारको खेलमा संकटा क्लबलाई पराजिग गर्दै थ्रीस्टार क्लब अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जीतमा अनन्त तामाङले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औँ मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क जोडेको छ । यता समान खेल खेलको सङ्कटा १५ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed