Breaking News.... EverestOnlineKhabar
September 8, 2026

Loading

२०७६ माघ २४, काठमाडौँ – आफ्नो पार्टीका उपसभापति बिजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा नेविसंघ र तरुणदलले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाईमा शुक्रबार विरोध प्रदर्शन भएको छ । माइतीघरमा भेला भएका कांग्रेस कार्यकर्ताहरुले सरकार विरोधी नाराबाजी गरेका छन् । उनीहरुले सत्तारुढ दलका नेताहरुलाई चोख्याएर कांग्रेसका नेतालाई छानीछानी मुद्दा चलाउने अख्तियारको निर्णय राजनीतिक प्रतिशोधपूर्ण भएको बताएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि आक्रोशित कांग्रेसले लगातार दोस्रो दिन संसद बैठक अवरुद्ध पारेको छ ।

गच्छदारलाई मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएकाले संसद र सडकबाट प्रतिवाद गर्ने कांग्रेसले निर्णय गरेको थियो । बिहान बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसका नेतालाई छानीछानी मुद्दा लगाउने अख्तियारको कदम प्रतिशोधपूर्ण भएको बताएका थिए । बैठकमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदार पनि बोलेका थिए । उनले अख्तियारलाई ओली आयोग बनाइएको बताएका थिए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ । ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ । त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन’ बैठकमा गच्छदारले भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.