![]()
२०७६ माघ २४, काठमाडौं । विराटनगर–१२ बखरीको उखुबारीमा शुक्रबार एक युवतीको शव फेला परेको छ । घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । अन्दाजी २४–२५ वर्षीया देखिने युवतीको घाँटीमा चोट देखापरेको छ । थापाका अनुसार उखु काट्न गएका मजदूरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तराई मूलको जस्तो देखिने ती युवतीको पहिचान खुल्न सकेको छैन ।


