Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला थाहा पाउने एक चिनियाँ चिकित्सकको बिहिबार मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङकोे बिहिबार वुहानमा मृत्यु भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

जनवरी महिनाको शुरुवातमा वुहानका अधिकारीहरुले नयाँ कोरोना भाइरस फैलिएको बारे सुरुमा समाचार लुकाउन खोजेका थिए । यी डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिनखोजे पनि प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिएको थियो । शुरुवातमा ‘हल्लाबाज’ को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा पाए । चिनियाँ अधिकारीको चेतावनी बाबजुद वुहानको केन्द्रीय अस्पतालको शैयाबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइ रसबारे सामाजिक सन्जालमा जानकारी दिएका थिए ।

उनको जानकारी पछि यसबारे विश्वभर सचेतना फैलिएको हो । डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको चाल पाएका थिए । उनी ७ वटा रोगीको उपचारमा खटेका थिए । जहाँ उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए । सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो । सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो । तर जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले ।

उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो । डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन चेतावनी दिएका थिए । ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो, ‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस, हल्ला बन्द गर्नुहोस् ।’ लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो । लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो ।

त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे । उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखे । जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए । प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो । उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ । त्यसपछि लि पनि कोरोनाबाट संक्रमित बने । उनले अस्पतालको शैयाबाटै आफूलाई के भइरहेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ ।

जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए । त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए । उनको परिवार नै बिरामी पर्यो । डाक्टर लि मा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो । चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो । हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहिबार निधन भएको हो । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed