Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २०, बर्दिया । बर्दिया राजापुर नगरपालिका–१० भगतपुर बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । ८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्कने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी नेपालको दशगजाभित्र भगतपुर बस्ने ४९ वर्षका लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सोही स्थानकी २९ वर्षकी उमा चौधरी घाइते भएकी छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको राजापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed