Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ माघ १९, काठमाडौं – नेकपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरे लगत्तै बामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘कमरेड वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed