Breaking News.... EverestOnlineKhabar
June 4, 2026

रणबीर र आलियाको फिल्म ‘ब्रह्मास्त्र’को प्रदर्शन मिति सार्वजनिक

Loading

अयान मुखर्जीको निर्देशनमा बन्न लागेको बलिउड चलचित्र ‘ब्रह्मास्त्र’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र सन् २०२० को डिसेम्बर ४ मा रिलिज हुने भएको हो । बलिउड निर्देशक तथा निर्माता करण जोहरले समाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै चलचित्रको रिलिज मिति सार्वजनिक गरेका हुन् । चलचित्र करण जोहरको धर्मा प्रोडक्सनले बनाउन लागेको हो । करणले पोष्ट गरेको फोटोमा अभिताभ बच्चन, रणबीर कपूर अयान मुखर्जी एउटा सोफामा बसेका छन् । जसमा अमिताभ, अयान र आलियाले ४ डिसेम्बर २०२० लेखिएको कार्ड समातेका छन् ।

अमिताभले ठट्टा गर्दै ट्वीटरमा लेखेका छन्,’अब यो चलचित्रको रिलिज डेट परिवर्तन गर्ने अनुमति निर्देशक अयानलाई पनि छैन ।’ चलचित्र ‘ब्रह्मास्त्र’को अनुमानित बजेट १५० करोड भारु रहेको बताइएको छ । अमिताभ, रणबीर र आलियाका साथै चलचित्रमा नागार्जुन अक्किनेनी र मौनी रोय पनि देखिने छन् । चलचित्र हिन्दीका साथै तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed