Breaking News.... EverestOnlineKhabar
September 26, 2026

Loading

२०७६ माघ १९, काठमाडौँ । माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा आयोजना हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्नका लागि अमेरिकी टोली आइतबार (आज) साँझ काठमाडौँ आउँदैछ । दुई सातादेखि भारतमा तयारी गरिरहेको अमेरिकी टोली आज साँझ ८ बजे नेपाल आउने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । ओमन भने सोमबार नेपाल आउने बताइएको छ ।

भारत, अष्ट्रेलिया र अफ्रिकन मुलका खेलाडीको बाहुल्यता रहेको अमेरिकी टोलीका खेलाडीहरुमा सौरभ नेट्रावाल्कर (कप्तान), स्टेभेन टेलर, करिमा गोरे, इयान होल्यान्ड, अक्षय होमराज, एल्मोरे हट्चिनसन, आरोन जोन्स, नोस्थुश केन्जिगे, जेभिएर मार्शल, मोनाङक पटेल, तिमिल पटेल, निसराग पटेल, क्यामरोन स्टेभेन्सन र रस्टी थेरन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed