![]()
२०७६ माघ १७, ललितपुर । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात कार्यालयमा बिचौलिया काम गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । कुसुन्ती बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप घर भएका ३१ वर्षीय राजकुमार दुलाल लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त कार्यालयमा बिचौलिया काम गरी सेवाग्राहीहरुलाई हैरानी दिएको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


