Breaking News.... EverestOnlineKhabar
April 20, 2026

नक्कली सर्टिफिकेटले डीएसपीसम्म, अख्तियारले दायर र्गयो मुद्दा

Loading

२०७६ माघ १७, काठमाडौँ । बिहिबार प्रहरी नायब उपरीक्षक (डीएसपी) अरुणकुमार शाहविरुद्ध विषेश अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र बुझाई डीएसपीसम्म बढुवा भएको पुष्टी भएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो । शाहले परीक्षा नै नदिइ भारतबाट बि.ए. पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भई जागिर खाइरहेको भन्ने सूचना आयोगले पाएसँगै उनीमाथि अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा शाहले मगध विश्वविद्यालय, बोधगया भारत अन्तर्गतको बिडी इभिनिङ कलेज पटना–१ बाट बि.ए. तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको पाएको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आयोगका अनुसार साहले ती प्रमाणपत्र बुझाई डीएसपीसम्म बढुवा भएको र सरकारी लाभ तथा सुविधा लिएको देखिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम साहलाई कारबाही हुने आयोगले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा तत्कालीन प्रहरी निरीक्षक अरुणकुमार शाहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed