Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ माघ १७, भद्रपुर – नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उनले जानकारी दिए । अभियुक्तले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाइदिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए । उद्धार गरिएका युवतीलाई संस्थाको संरक्षणगृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed