Breaking News.... EverestOnlineKhabar
April 20, 2026

घाँटीमा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ

Loading

२०७६ माघ १६, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेका एक व्यक्तिको गलामा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्जुङ्गको सुन्दरवजार नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगर वस्ने २७ वर्षीय मन वहादुर घर्ती र मकवानपुरको मनहरी गाउँपालिका–३ घर भई बालाजु बस्ने ३१ वर्षीय सुविना राई रहेका छन् ।

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा घर्ती र राईले वाग्लुङ्गको वरेङ गाउँपालिका–२ का २४ वर्षीय प्रकाश दर्जीले लगाएको साढे १ तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सुनको सिक्री लुट्ने क्रममा घर्ती र राईले दर्जीलाई हातपात गर्नुका साथै लछारपछार समेत गरेको प्रहरीले जनाएको छ । लुटिएको सुनको सिक्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed