Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ १६, हेटौंडा– मकवानपुर प्रहरीले ६३ किलो गाँजा र ३ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीमा सवार २ जनालाई गाँजा र अफिमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गाडी चालक बाराको पर्सौनी गाउँपालिका–६ घर भएका २८ वर्षीय रामजी साह तेली र गाडीमा सवार बाराको आदर्श कोतवाल गाउँपालिका–२ घर भएका ३० वर्षी प्रेम पटेल छन् ।

प्रहरीका अनुसार उनीहरुले दैनिक उपभोग्य बस्तुको ढुवानीका लागि प्रयोग हुने गाडीमा गाँजा तस्करी गर्ने गरेका थिए । शंकाको आधारमा मंगलबार बिहान चेकजाँच गर्दा गाडीमा फल्स बटम बनाइएको देखिएको थियो । प्रहरीले गाडी नियन्त्रणमा लिइ ग्यारेजमा लगेर फल्स बटम खोल्दा प्लास्टिकको २१ वटा पोको बनाएर ६३ किलो गाँजा र ३ सय ग्राम अफिम लुकाएको देखिएको थियो । प्रहरीले गाँजा र अफिमसहित पक्राउ परेका २ जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed