Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ १६, रुपन्देही – जम्मा गरेर राखेको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलिया तपनी गाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र ६ वर्षीय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) केशव ज्ञवालीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञवालीले बताए । मृतक चारै जनाको शव बिहीबार बिहान फेला परेको थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवाको भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed