Breaking News.... EverestOnlineKhabar
June 6, 2026

पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृतविरूद्ध मुद्दा

Loading

२०७६ माघ १४, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृतविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मंगलबार आयोगले लेखा अधिकृत विष्णु हरि पुडासैनीविरूद्ध बिगो रकम २२ हजार कायम गरी आरोपपत्र दायर गरेको हो । उनले सडक निर्माण कार्यमा कार्यरत मोविलाइजेसन पेश्की लिन आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगबाट टोली खटिएको थियो । सोही उजुरीका आधारमा थालेको अनुन्धानमा आयोगले लेखा अधिकृत पुडासैनीलाई २२ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed