![]()
२०७६ माघ १२, सिरहा । सिरहाको लहान नगरपालिका–८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका–१४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका–८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरू सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


