Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७६ माघ १०, काठमाडौँ । घरेलु भूमीमा हुने पहिलो एकदिवसीय सिरिज खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा आज (शुक्रबार) १४ सदस्यीय टोलीको घोषणा गरेको हो । एक दिवसीयतर्फ दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । अलराउण्डर सोमपाल कामीको स्थानमा कमल सिंह ऐरी र स्पिनर बसन्त रेग्मीको स्थानमा सुशन भारीले स्थान बनाउन सफल भएका छन् ।

नेपाली टिम ः ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेसावाकर र ललित राजबंशी । यस्तै वैकल्पिक खेलाडीमा पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।

पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्धको तीन मैत्रीपूर्ण खेलपछि नेपाली टिम शुक्रबार काठमाडौँ फर्किन लागेको छ । गत पुस २५ गतेबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भनिएपनि खराब मौसमको कारण केहि दिन खेलाडीले काठमाडौंमै इन्डोर प्रशिक्षण गरेर पोखरा पुगेका थिए । पोखरामा नेपाली टिमले अभ्यास सहित मलेसिया टिमसंग ३ एकदिवसीय मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले अमेरिका र ओमानसँग खेल्ने तालिका ः
माघ २२ ः नेपालविरुद्ध ओमान
माघ २३ ः ओमानविरुद्ध अमेरिका
माघ २५ ः नेपालविरुद्ध अमेरिका
माघ २६ ः नेपालविरुद्ध ओमान
माघ २८ ः अमेरिकाविरुद्ध ओमान
माघ २९ ः नेपालविरुद्ध अमेरिका

कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ । सिरिजका लागि यस अघि अमेरिका र ओमानले टिमको घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed