Breaking News.... EverestOnlineKhabar
April 20, 2026

अष्ट्रेलियाको डढेलो निभाउने क्रममा विमान दुर्घटना, तीन अमेरिकीको मृत्यु

Loading

अस्ट्रेलियामा अग्निनियन्त्रक विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना अमेरिकी नागरिक रहेको अस्ट्रेलियाका अधिकारीले बताएका छन् । नेपाली समय अनुसार बिहीबार बिहान सवा ८ बजेपछि अग्नि नियन्त्रणमा खटिएको ‘वाटर–बमिङ’ विमान दुर्घटनामा परेको हो । विमानमा रहेका चालकदलका तीनै सदस्याको मृत्यु भएको हो ।

न्यू साउथ वेल्सको हिउँले ढाकिएको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको हो। यसको कारण खुलेको छैन । अस्ट्रेलियाका विभिन्न ८० स्थानमा हाल डढेलो लागेको छ । मृत्यु हुनेको नाम खुलेको छैन तर उनीहरु अमेरिकी नागरिक रहेको भने स्थानीय अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed