Breaking News.... EverestOnlineKhabar
June 5, 2026

४४४ केजी तौल भएका २७ वर्षीय पाकिस्तानी युवक श्रीमतीको खोजीमा

Loading

एजेन्सी । पाकिस्तानी वेटलिफ्टर अरबाब खिजर हयात आफ्नो शरीरसँग मिल्ने श्रीमतीको खोजीमा छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्दै आएका २७ वर्षीया हयातको तौल ४४४ केजी रहेको छ । कम्तीमा पनि सय किलो तौल भएकी श्रीमतीको खोजीमा जुटेका हयातले यस अघि नै तीन सय विवाहका प्रस्ताव अस्वीकार गरिसकेको बताएका छन् । हयातका परिवारले समेत हुनेवाला बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने बताएका छन् । ६ फिट ६ इन्च उचाई भएका हयातका परिवारका अनुसार बुहारीको उचाई समेत ६ फिट चार इन्च होस् भन्ने चाहन्छन् ।

हयातले भने, ‘मलाई कुनै स्वास्थ्य समस्या छैन । म अहिलेको वजनमा बिलकुल स्वस्थ र सहज महसुस गर्छु ।’ विश्वकै शक्तिशाली व्यक्तिको रेर्कड बनाउन आफूले वजन बढाउन सुरु गरेको हयातले जनाएका छन् । वजन बढाउनका लागि हयातले दैनिक हजार क्यालोरी भएको खाना खान्छन् । उनले दैनिक ३६ वटा त अण्डा मात्रै खाने गरेका छन् । हयातको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई धेरै मानिसले चिन्न थालेका छन् । आफ्ना आमाबुबालाई नाती नातिना खेलाउने ईच्छा भएका कारण विवाहका लागि केटी खोज्दै गरेको हयातले जनाए । अहिलेसम्म ३ सय विवाहका प्रस्ताव आएपनि वजन नमिलेका कारण आफू अविवाहित रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed