![]()
२०७६ माघ ०७, काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडाबाट सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने ३० वर्षीय गौरब गौतम, ३० वर्षीय कृष्ण बहादुर गोले र सोही उपमहानगरपालिका–११ बस्ने ४८ वर्षीय सूर्य लामा रहेका छन् । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट २ किलो १ सय ९० ग्राम सालकको खपटासहित उनीहरु सोमबार राति पक्राउ परेका हुन् ।
खसी बजारमा सालकको खपटा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सालकको खपटा सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


