Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ माघ ०७, जनकपुरधाम । धनुषाको लक्ष्मिनयाँस्थित एक गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले लक्ष्मिनियाँ गाउँपालिका ४ सपहीस्थित मेन रोडमा सञ्चालनमा रहेको अमरज्योति लज एण्ड गेष्ट हाउसबाट ती जोडीलाई नियन्त्रणमा लिएको हो ।

ती महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारी नियन्त्रणमा लिएको दाबी प्रहरीले गरेको छ । उनीहरुविरुद्व मानव बेचबिखन था ओसापसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने प्रही निरीक्षक पप्पु नायकले जानकारी दिए । महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने उक्त लज एण्ड गेष्ट हाउसका सञ्चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक नायकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed