Breaking News.... EverestOnlineKhabar
June 4, 2026

नयाँ चिनियाँ भाइरस मानिसबाट मानिसमा सर्ने, चीनमा महामारीको रुप लिँदै

Loading

चीनमा तीव्र गतिमा फैलिएको कोरोना समूहको नयाँ रहस्यमयी भाइरसको संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । यसअघि मानिसबाट मानिसमा भाइरसको संक्रमण भएको पुष्टि नभएको बताएको चीनले अहिले आएर यो पुष्टि गरेको छ कि नयाँ भाइरसको संक्रमण मानिसबाट मानिसमा पनि हुन्छ । कोराना भाइरस समूहको नयाँ भाइरसका कारण मृत्यु हुने चौथो व्यक्ति ८९ वर्षका वृद्ध रहेको चिनियाँ अधिकारीले बताएका छन् । सो भाइरसको संक्रमणका कारण व्यक्तिमा निमोनिया भएको थियो । वुहानका ती वृद्धलाई पनि निमोनिया भएको हो ।

गएको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलोपटक देखिको सो भाइरसको संक्रमण हाल दुई सयजना भन्दा बढीमा पुष्टि भएको जनाइएको छ । तर अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले भने संक्रमित हुनेको संख्या १७ सय भन्दा बढी रहेको हुन सक्ने अनुमान गरेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पुष्टि गरेको हो कि ग्वाङ्डोङ्गका दुईजनामा मानिसबाटै सरेको छ । यस्तै वुहान नगरपालिकाको स्वास्थ्य आयोगले जारी गरेको अर्को वक्तव्यमा कम्तिमा १५ जना स्वास्थ्यकर्मीमा पनि भाइरसको संक्रमण भएको छ । त्यसमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैलाई एक्लै राखेर उपचार भइरहेको जनाइएको छ ।

चीनको वुहानमा संक्रमण बढी फैलिएको भए पनि थाइल्याण्डमा दुई तथा जापानमा एकजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पशु तथा समुद्री परिकार तथा वुहानका जंगली जनावरका बजारबाट संक्रमण भएको चिनियाँ दाबी छ । संक्रमित व्यक्तिबाट लिएको नमूना परीक्षण गरी चीनको स्वास्थ्य संगठनले सो भाइरस कोरोना भाइरस रहेको बताएको छ । अहिलेसम्म कोरोना भाइरसको समूहमा विभिन्न ६ प्रकारका भाइरस छन् । नयाँ भाइरस आएसँगै सो समूहमा सात भाइरस भएका छन् । यो भाइरसका कारण रुघा लाग्ने, स्वासप्रस्वासमा समस्या हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed