Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०७, काठमाडौं । मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । थाहा नगरपालिका–४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले ८ भारतीय पर्यटक होटलमा बेहोस भेटिएको जनाएको छ ।

प्रहरीका अनुसार, बेहोस सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ । प्रहरीका अनुसार, भारतीय पर्यटक ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । बेहोस हुने पर्यटकबारे विस्तृतमा नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed