![]()
भारतीय जनता पार्टीका कार्यबाहक अध्यक्ष जेपी नड्डा सोमबारदेखि उक्त दलका अध्यक्ष बनेका छन् । उनी अमित शाहलाई विस्थापित गर्दै भाजपाका अध्यक्ष बनेका हुन् । अमित शाह गृहमन्त्री बनेपछि नड्डाले भाजपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । नड्डालाई अध्यक्ष पदका लागि पूर्वअध्यक्षहरु अमित शाह, राजनाथ सिंह र नितिन गडकरीले प्रस्ताव गरेका थिए ।


