![]()
२०७६ माघ ०६, मोरङ । मिक्लाजुङ गाउपाँलिकाको रमितेमा आइतबार राति बम विस्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटरमा विस्फोट भएको भन्ने जानकारी प्राप्त भएको मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राईले बताइन् । प्रदेश नम्बर १ सरकारले ५८ करोड ५६ लाख रुपैयाँ बजेटमा ठेक्का स्वीकृत गरेर सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो ।
सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको तीन वटा एक्स्काभेटरमा बम हानेर ध्वस्त पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्फोट कसले र किन गरेको भन्ने बारे खुल्न सकेको छैन । सडक निर्माणको क्रममा कसैले चन्दा मागेको हुन सक्ने र नदिएपछि रिसिभीले विस्फोट गराएकोे हुनसक्ने प्रहरीको अनुमान छ ।


