![]()
फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लोरिन्टलाई १–० गोलले हराउँदै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो । लोरिन्टको मैदानमा खेलिएको प्रतिस्पर्धातमक खेलमा पीएसजीलाई जिताउन पाब्लो सरबियाले निर्णायक गोल गरे । पाब्लोले ८०औं मिनेटमा गोल गरेका थिए । अन्य खेलमा एन्जर्सले रोउनलाई ४–१, मोन्टपेलियरले केनलाई ५–०, डिजोनले निम्सलाई ५–० र रेनेसले एथ्लेटिको मार्सेलीलाई २–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन् ।


