Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०५, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीहरुमा ओखलढुङ्गाका अम्बिरबाबु गुरुङ, इलामका रामवहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन् ।

गुरुङलाई भौतिक पूर्वाधार, गजमेरलाई सामाजिक विकास, मगरलाई कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ । योसँगै प्रदेश एकको मन्त्रिपरिषद् सदस्य संख्या ९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed