Breaking News.... EverestOnlineKhabar
April 20, 2026

अग्नि सापकोटा सभामुख बनाउने ओली र प्रचण्डबीच सहमति

Loading

२०७६ माघ ०५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ । सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो । प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका थिए । पूर्वमाओवादीमा प्रचण्डको पहिलो रोजाइ अग्नि नै हुन् । यस्तै वर्तमान उपसभामुख शिवमाया तुम्बाहङ्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed