Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ भने बक्सअफिसमा फ्लप भएको छ । बक्सअफिस इन्डियाका अनुसार, ‘छपाक’ बक्सअफिसमा नराम्रोसँग पछारिएको हो । ओपनिङ डेदेखि फिल्मको हालत खराब छ । योसँगै एकसाथ प्रदर्शनमा आएको अभिनेता अजय देवगनको फिल्म ‘तानाजी ः द अनसंग वारियर’ ले धूम मच्चाइरहेको छ । प्रदर्शनको ६ दिनमा सय करोड कमाई गरेको फिल्मलाई दर्शकहरुले निकै रुचाएका छन् ।

गएको ८ दिनमा छपाक फिल्मले सबैभन्दा कम कमाई दोस्रो शुक्रवार गरेको छ । फिल्मले सेकेन्ड फ्राइडेमा ७५ लाख कमाएको हो । ‘तानाजी’ को भने दोस्रो शुक्रवारको कमाई पनि जबरजस्त छ । शुक्रवार फिल्मले १० करोड ६ लाखको व्यापार गरेको गर्दै १ सय २८ करोड ग्रस कलेक्सन गरेको छ ।

‘छपाक’ ले प्रदर्शनको ८ दिनमा २६ करोड ५० लाखको व्यापार गरेको छ । ‘तानाजी’ र ‘छपाक’ दुवै वास्तविक घटनामा आधारित फिल्म हुन् । अजयको फिल्म तानाजी मालसुरेको वास्तविक कहानी हो भने दीपिकाको फिल्म एसिड अट्याक सरभाइभर लक्ष्मी अग्रवालको जीवनमा बनेको हो । ‘छपाक’ मेघना गुलजार र ओम राउतले ‘तानाजी’ को निर्देशन गरेका हुन् ।

‘छपाक’ मा दीपिकाका अलावा विक्रान्त म्यासी, मधुरजीत र अंकित बिष्टको पनि प्रमुख भूमिका छ । त्यस्तै, ‘तानाजी’ मा अजयका अलावा सैफ अली खान, काजोल, शरद केलकर, नेहा शर्मा र पद्मावती रावको पनि अभिनय रहेको छ । सय करोड क्लबमा प्रवेश गर्ने अभिनेता अजयको ‘तानाजी’ नवौं फिल्म हो । यो फिल्मले बक्सअफिसमा २ सय करोड कमाउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed