Breaking News.... EverestOnlineKhabar
April 20, 2026

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

Loading

२०७६ माघ ०३, काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा सिरहामा एक जना पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो । बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed