Breaking News.... EverestOnlineKhabar
April 20, 2026

नेपालले भारतलाई २ लाख क्युफिट रक्त चन्दन फिर्ता गर्ने

Loading

२०७६ माघ ०२, काठमाडौं – नेपाल सरकारले देशका विभिन्न ठाउँबाट बरामद भएको झन्डै २ लाख क्युफिट रक्त चन्दन (काठ) भारतलाई फिर्ता गर्ने भएको छ । देशका विभिन्न ठाउँबाट बरामद भएको १ लाख ७३ हजार ७१ देशमलव ७९२ क्युफिट रक्तचन्द भारतलाई फिर्ता गर्न लागिएको हो । पुस २८ गते बसेको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) र (३) बमोजिम उक्त परिमाणको रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) मा संकटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमूना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था गरिएको छ । नेपाल सरकारले बहुमूल्य मानिएको रक्तचन्दनको पैठारीमा प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed