Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

एजेन्सी । जवाहरलाल नेहरु विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी संगठनका पूर्व–अध्यक्ष तथा हाल भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारको लोकप्रियताबाट नरेन्द्र मोदी स्वयम् चिन्तामा परेको खबर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको यससम्बन्धी समाचारलाई उदृत गर्दै बीबीसी हिन्दीले यसबारेमा समाचार लेखेको छ । रोयटर्सले कन्हैया कुमारको व्यक्तिचित्र सम्बन्धी समाचार तयार पार्न सम्पर्क गरेका मोदी सरकारसँग नजिकका एक जना व्यक्तिले यो जानकारी दिएका थिए ।

ती स्रोतका अनुसार युवा अझ पहिलो पटक मतदान दिन लागेका जनसंख्यामा कन्हैया कुमार धेरै लोकप्रियता रहेको कुरामा मोदी सरकार चिन्तित छ । बीबीसी हिन्दीका अनुसार रोयटर्सको समाचारमा उक्त जानकारी दिने नजिकका व्यक्ति नाम भने उल्लेख गरिएको छैन । रोयटर्सको रिर्पोट अनुसार केन्द्र सरकारले कन्हैया कुमारको व्यक्तिगत जीवन र उनले प्राप्त गर्ने फण्डिङमाथि पनि नजिकबाट नजर राखिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed