Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

२०७६ माघ ०२, चितवन । ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed