Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ पुस २७, काठमाडौं । सरकारको राहदानी विभागले नेपालमा चल्तिमा रहेको राहदानीजस्तै देखिने खोल बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । राहदानी विभाग नारायणहिटी काठमाडौंले आइतबार एक सूचना निकालेर राहदानीजस्तै देखिने हरियो खोल बिक्री वितरणमा रोक लगाइएको जानकारी दिएको हो । ‘झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको हुँदा यस प्रकारको खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ’ विभागले निकालेको सूचनामा उल्लेख गरिएको छ । केही समययता राहदानी विभाग नजिकैका क्षेत्रमा राहदानीको सुरक्षा हुने भन्दै यस्ता खोल बिक्री वितरण हुँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed