Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस २७, तनहुँ । तनहुँमा शनिबार राति अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ । भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए । जेनेरेटर, ब्याट्री र तारमा क्षति भएको लामिछानेले जानकारी दिए । आगजनी कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed