Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २५, धनुषा । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । श्रीपुरस्थित औरही खोलाको बगरमा अवैध उत्खनन् रोक्न अग्रसर स्थानीयबासी दीलिपकुमार महतोको शुक्रबार बिहानै मृत्यु भएको हो । स्थानीयबासीका अनुसार बिहान ४ बजे नदीजन्य पदार्थ लिन गएको ना ७ ख ६४१३ नम्बरको टिपरलाई उनले बाटोमै रोकेका थिए । चालकसँग भनाभन भएपछि टिपरले किचेर उनको हत्या गरिएको स्थानीयको भनाइ छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार मृतक महतो बिहानै साथीहरुसँग नदीकै बाटो ‘मर्निङ वाक’ मा थिए । एकाबिहानै खोलातिर टिपर गएको देखेपछि उनले उक्त टिपरलाई रोकेर अवैध उत्खनन् नगर्न सुझाव दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै यादवले बताए । ‘

आक्रोसमा आएर चालकले हत्या गरेको भन्ने बुझिन्छ,’ प्रहरी निरीक्षक यादवले भने, ‘चालकलाई पक्राउ गरिएको छ तर उसको बयान लिन बाँकी छ, स्थानीयले सडक अवरोध गरेका कारण अहिले हामी सडक खुलाउनमै केन्द्रित भएका छौं ।’ सडक अवरोध खुलाएपछि चालकको बयान लिइने र घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइने उनले बताए । हत्याको विरोधमा स्थानीयले टायर बालेर श्रीपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतक महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed