Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २४, काठमाडौं । संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित हात पारेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । संकटाको जितमा अजय मार्टिन्स कोयडेले २ गोल गर्दा कर्ण लिम्बु र लक्ष्मण रुचालले समान १–१ गोल गरे । यता, एपिएफका लागि नविन लामा र आशिष लामाले गोल फर्काए । यो जारी लिगमा संकटाको दोस्रो जित हो । ५ खेल खेलेको संकटाको २ खेलमा जित, २ खेलमा हार र १ खेलमा बराबरी सहित ७ अंक भएको छ । पराजित एपिएफको भने ५ खेलबाट ४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed