Breaking News.... EverestOnlineKhabar
April 19, 2026

घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

Loading

२०७६ पुस २१, काठमाडौं । कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– १२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिँदै गरेको अवस्थामा दुबै जना पक्राउ परेका हुन् । कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले डोजर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

उक्त डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed