Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

२०७६ पुस २१, काठमाडौँ – नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालयमा बसेको छ । सभापति शेरबहादुर देउवाको कदमविरुद्ध लड्न भन्दै रामचन्द्र पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । उक्त भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको दाबी पौडेल समूहको छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेको आरोप लगाए ।

उनले सभापतिको पेलेरै जान खोज्ने प्रवृत्तिविरुद्ध लड्नुपर्ने बेला आएकोले तयार रहन जिल्ला सभापतिहरुलाई आग्रह गरेका छन् । ‘विधान विपरीत एकलौटी निर्णयहरु भइरहेका छन् यसविरुद्ध हामी सबै एकजुट भएर लड्न सक्नुपर्छ, तपाईँहरु सहयोगका लागि तयार रहनुहोस् ’, बैठकमा पौडेलले भनेका छन् । बैठकमा महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले पनि सम्बोधन गरेका छन् । दुवैजनाले कांग्रेस जोगाउन एकजुट हुनुपर्ने बेला आएको बताए । १४औँ महाधिवेशनमा कसरी विजय हासिल गर्ने भन्ने एजेण्डामा पनि बैठकमा छलफल भइरहेको एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed