![]()
२०७६ पुस २१, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । दुबै टोलीले १–१ अंक बाडेका छन् । यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ । एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ ।


