![]()
२०७६ पुस २०, एजेन्सी । एफए कप फुटबलमा आज आइतबार राति दुई इन्लिश प्रिमियर लिग क्लब लिभरपुल र एभर्टनबीच प्रतिस्पर्धा हुँदैछ । एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा लिभरपुलले एभर्टनको सामना गर्न लागेको हो । लिभरपुलको मैदानमा हुने खेल राति नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा लिभरपुल जित निकाल्दै चौंथो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
यस्तै एभर्टन पनि घरेलु टोलीलाई स्तब्ध बनाएर अर्को चरणमा पुग्ने चाहन्छ । दुईबीचको खेल बराबरीमा सकिए पुनः दुई टोलीले रिप्ले खेल खेल्नेछ । यस्तै टोटेनहमले च्याम्पियनसिप क्लब मिडल्सब्रोसँग उसैको मैदानमा खेल्नेछ । चेल्सीले नोटिङघम फोरेस्टसँग घरेलु मैदानमा खेल्नेछ । सेफिल्डले फ्लेडसँग प्रतिस्पर्धा गर्दा क्रिस्टल प्यालेसले डर्बी काउन्टीसँग खेल्नेछ ।


