Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस २०, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ८९४ जना सवारी चालक कारबाहीमा परेका छन् । सडक अनुशासन पालना नगर्ने चालकमाथि ट्राफिक प्रहरीले कारबाही गरेको हो । मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जना, फुटपाथमा पार्किङ गर्ने ८५ जना, अनावश्यक रुपमा हर्न बजाउने २९ जना र जेब्राक्रसमै साधन रोक्ने १७ जना चालकमाथि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । बितेको २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३३ वटा सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा परी १ जनाको मृत्यु, एक गम्भीर घाइते र २१ जना सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed