Breaking News.... EverestOnlineKhabar
June 14, 2026

नेपाल सधैँ शान्तिको पक्षमा ः पर्यटनमन्त्री भट्टराई

Loading

२०७६ पुस १८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सधैँ शान्तिको पक्षमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल सधैँ विश्वमा शान्ति कायम होस् भन्ने पक्षमा रहेको बताएका हुन् । उनले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकतावद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पु¥याउने बताए ।

उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पुर्याउने बताए । मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्रा्ट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवर्द्धनमा सहयोग पु(याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed