![]()
२०७६ पुस १७, काठमाडौँ – काठमाडौँको कोटेश्वरमा एक घरमा आगलागी भएको छ । झोलुङ्गे पुल नजिकै रहेको घरमा बिहीबार दिउँसो आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन । तीन तलाको घरको माथिल्लो तलामा आगलागी भएको हो। उक्त घरमा रहेकाहरुको उद्धार भएको प्रहरीले जनाएको छ । अहिले पनि आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि दमकल तथा प्रहरीले प्रयास गरिरहेको छ ।


