Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस १७, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बिहिबार निकालेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिनभरी नै देशभर बदली रहने उल्लेख गरेको छ । दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर बदली भइरहने पूर्वानुमानमा उल्लेख छ । रातमा केही स्थानहरुमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । महाशाखाले मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed