Breaking News.... EverestOnlineKhabar
June 4, 2026

विप्लव समूह निकट युवा सङ्गठनका जिल्ला सचिवद्वारा आत्मसमर्पण

Loading

२०७६ पुस १५, बाग्लुङ । नेत्रविक्रम चन्द समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् । गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् । सो अवसरमा उनले जारी गरेको प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed