Breaking News.... EverestOnlineKhabar
September 26, 2026

मछिन्द्र क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा

Loading

२०७६ पुस १४, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका हुन् । मछिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।

जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ । समान अंक भएपनि मनाङ मस्र्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै मछिन्द्र शीर्ष स्थानाम उक्लिएको हो । तर, मनाङले एक खेल कम खेलेको छ । ४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed