Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ पुस १४, काठमाडौं । चर्चित लोक गायक प्रकाश सपुतले हिरोको रुपमा डेब्यू गर्ने भएका छन् । ‘बोल माया’ बोलको गीतबाट चर्चामा आएका सपुत ‘परदेशी’ को सिक्वेलबाट डेब्यू गर्ने भएका हुन् । ‘परदेशी’ २०७२ सालमा प्रदर्शनमा आएको थियो । फिल्म ‘परदेशी’ का निर्देशक नारायण रायमाझीले केही दिन अगाडि गायक सपुतसँग फिल्मका लागि कागजी सम्झौता गरिसकेका छन् । यद्यपि, निर्माण टिमले फिल्ममा गायक सपुत अभिनेताको रुपमा अनुबन्ध भएको जानकारी भने दिएको छैन ।

रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथाव्यथामा निर्माण हुने फिल्मको छायांकन फागुनबाट सुरु हुने छ । फिल्ममा गायक सपुतलाई अभिनेताको रुपमा अनुबन्ध गरेपछि निर्देशक नारायण रायमाझी अब अभिनेत्रीको खोजीमा लागेका छन् । ‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । सिक्वेलमा भने उनलाई गायक सपुतले रिप्लेस गरेका छन् । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed